तत्कालीन माओवादी जनयुद्धको आधार इलाका भनीएको जिल्लामा माओबादीको हार

तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका मानिएको रुकुम र रोल्पाका वडा तहमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादी पराजित भएको छ ।
आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भए । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी बन्दा माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए ।

बिज्ञापन
यसैगरी रोल्पाको रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ४ को अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार भुपमणि पुन विजयी भए । पुन ६३४ मत ल्याएर विजयी भएका हुन् । त्यहाँ नेकपा एमालेले ३५ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले जम्मा ७० मतमात्र ल्याएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु