जडिबुटीस्थित सञ्चो उत्पादन गर्ने स्वदेशी वाम कम्पनी हालै राजावादी आन्दोलनको क्रममा आक्रमणको शिकार भयो। प्रदर्शनकारीहरूको अराजक गतिविधिका कारण कम्पनीमा तोडफोड र आ’गजनी हुँदा लाखौंको क्षति पुग्यो। कम्पनीमा जडान गरिएको अत्याधुनिक मेकानिकल सिलिङ मेसिन, जसले प्रतिघण्टा ६,००० बोटल सञ्चो भर्न सक्थ्यो, आ’गजनीबाट पूर्ण रूपमा नष्ट भएको छ। यसले उत्पादनमा ठूलो असर पार्ने देखिएको छ। तोडफोड र […]

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो । शुक्रबार राजावादीहरुको विरोधसभा हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएको हो । बैठक […]

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् । अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनकारीले ढुंगामुढा गरेका हुन् । यसअघि उनिहरुले नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर आगजनी र तोडफोड गरेका थिए ।

काठमाडौं । राजधानीका विभिन्न स्थानहरूमा भएको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ। मेडिकल कलेज प्रशासनका अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहाल ले एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई तुरुन्तै अस्पतालमा […]

काठमाडौं । आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्। प्रहरीसँगको झडपपछि प्रदर्शनकारीहरूले स्थानीयको एक घरमा आगो लगाएका थिए। जब आगो नियन्त्रण गर्न दमकल पुग्यो, प्रदर्शनकारीहरूले त्यसलाई लक्षित गरी लगातार ढुंगा प्रहार गर्न थाले। दमकललाई अवरोध पुर्‍याएपछि आगो नियन्त्रणमा चुनौती थपिएको छ।

काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर शुक्रबार (मार्च २८) शक्तिशाली भूकम्प गएको छ। ७.७ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार र थाइल्यान्डमा भौतिक क्षति भएको छ। थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किँदा ४३ जना श्रमिक फसेका छन्। थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको उक्त भवन केही सेकेन्डमै भग्नावशेषमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकी […]

काठमाडौं । राजावादीहरूको प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप सिर्जना भई पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते हुनेमा दुई प्रहरी र तीन प्रदर्शनकारी रहेका छन्। उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। झडप तब उत्पन्न भयो जब राजावादी प्रदर्शनकारीहरूले निषेधित क्षेत्रतर्फ जान खोजे। प्रहरीले सुरक्षाको लागि लाठीचार्ज गरेको थियो, तर प्रदर्शनकारीहरू पछि नहटेपछि […]

भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको […]

काठमाडौं – राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भइरहेको प्रदर्शनमा अराजकता फैलिएको छ। तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको दुई तोलाको सुनको सिक्री लुटिएको छ। प्रत्यक्षदर्शीका अनुसार, भीडभाडको मौका छोपेर अज्ञात व्यक्तिले सिक्री तानेर भागेका थिए। उक्त घटनापछि सिक्री गुमाएका प्रदर्शनकारी निकै विचलित बनेका थिए। उनी आफ्नै साथीहरूबीच ‘अब घर कसरी जानेरु’ भन्दै भावुक भएका थिए। प्रदर्शनका […]