Author: सुधार आवाज
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा जानु भएका कारण उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको छ। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) अनुसार देउवा स्वदेश फर्कनु नभएसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको रूपमा जिम्मेवारी दिइएको हो। यो जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनु भएको […]
काठमार्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक -युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ लाग्नुभएको हो । नेपाल […]
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। सवारी दुर्घटना, डुबेको, र करेन्ट लागेका घटनाहरूले देशका विभिन्न जिल्लामा जनधनको क्षति पुर्याएको छ। ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा यी घटनाहरू घटेका हुन्। ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालक प्रजन सञ्यालको […]
हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य अमेरिकाका अन्य सहरमा डोनाल्ड ट्रम्प र उहाँको कडा नीतिहरू विरुद्ध प्रदर्शनको दोस्रो प्रमुख चरण आयोजना गरेका छन् । न्युयोर्कमा ‘अमेरिकामा कुनै राजा छैनन्’ र ‘अत्याचारको प्रतिरोध गर्नुहोस्’ जस्ता नारासहित अमेरिकी राष्ट्रपतिलाई लक्षित गर्ने सङ्केतहरू बोकेका मानिसहरू सहरको मुख्य पुस्तकालय बाहिर भेला भएका थिए । आप्रवासीहरूलाई पक्राउ गर्न […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरिएको छ । यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी राप्रपाको थियो। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरिएको हो । अब बालुवाटार र भद्रकालीबाट र्याली निस्कनेछैनन् । राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुरुषहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौति दुवै भएको बताउनु भयो । उहाँले महिला उद्यमशीलताका लागि पर्यटन […]
काठमाडौं । कर्णाली युथ फाउन्डेसनको आयोजनामा “कर्णाली सम्मान तथा सांस्कृतिक कार्यक्रम” काठमाडौंको भृकुटीमण्डपस्थित हलमा भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्ष २०८२ को स्वागतसँगै आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा समाजसेवा, शिक्षा, साहित्य, कला र संस्कृतिमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान, र कर्णाली क्षेत्रको सांस्कृतिक विविधताको झल्को दिने प्रस्तुतीहरू समावेश गरिएका थिए। कार्यक्रमको अध्यक्षता कर्णाली युथ […]
पाेखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उहाँले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पार्नुभयो । सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उहाँले भन्नुुभयो, “साथीहरुले […]
राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभाग सदस्य ओमनाथ भण्डारीले राजीनामा दिएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकले आफूलाई सोध्दै नसोधी कोसी प्रदेश इन्चार्जबाट हटाएको भन्दै उनले केन्द्रीय संगठन विभागबाट राजीनामा दिएका हुन् । आफूसँग परामर्श गरेको भए पार्टी निर्णय स्वीकार गर्ने भन्दै उनले सोध्दै नसोधी गरेको निर्णयमा असहमतिसहित साधारण सदस्यमात्र […]
तपस्वीको परिचय बनाएका रामबहादुर बमजनलाई बाल यौन दुराचार मुद्दामा उच्च अदालत जनकपुरले सफाइ दिएको छ । बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । उक्त आदेशविरुद्ध बमजनले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । उच्चका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले गत चैत ६ […]











