काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा जानु भएका कारण उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको छ।
बिज्ञापन
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) अनुसार देउवा स्वदेश फर्कनु नभएसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको रूपमा जिम्मेवारी दिइएको हो। यो जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनु भएको हो।
बिज्ञापन
सभापति देउवा आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्नु भएको छ।






