२४ घण्टामा देशभर छुट्टाछुट्टै दुर्घटनामा १० जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। सवारी दुर्घटना, डुबेको, र करेन्ट लागेका घटनाहरूले देशका विभिन्न जिल्लामा जनधनको क्षति पुर्‍याएको छ। ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा यी घटनाहरू घटेका हुन्।

बिज्ञापन

ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालक प्रजन सञ्यालको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर (बा.प्र. ०१–००३ क ८७३०) का चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

कपिलवस्तु
को बुद्धभूमि नगरपालिका–१ टिक्करमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६० वर्षीय गौतम केसीको मृत्यु भएको छ।
त्यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ चाँगामा ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा पर्दा २८ वर्षीय भुछिरिङ शेर्पाको ज्यान गएको छ।

बिज्ञापन

बैतडीको डिलासैनी गाउँपालिका–६ बाङ्गबगरमा चलिरहेको बसबाट खसेर दोगडाकेदार गाउँपालिका–४ का २७ वर्षीय विष्णुराज भट्टको मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपियामा कार अनियन्त्रित भई दुर्घटनामा इटहरी–१ निवासी ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

बर्दिया
को मधुवन नगरपालिका–३ मा सवारी दुर्घटनामा मधुवन–२ निवासी २८ वर्षीय जानकु थारूको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा गाडीले ठक्कर दिँदा पैदलयात्री ५५ वर्षीय कालीबहादुर बुढाको ज्यान गएको हो। उनी जुम्लाको हिमा गाउँपालिका–३ का बासिन्दा थिए।

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ स्थित मछली खोलामा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय सिद्धार्थ विकको मृत्यु भएको छ।
सिरहाको सुखीपुर नगरपालिका–२, जगतपुर टोलमा ४ वर्षीय धीरोज यादवको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

बिज्ञापन

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा सवामिटर जडान गर्ने क्रममा करेन्ट लाग्दा नेपालगञ्ज–११ निवासी २८ वर्षीय चानबाबु खाँनको ज्यान गएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु