Author: सुधार आवाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटक-पटक सरकारसँग […]
काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थक प्रदर्शनमा संलग्न भइ राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती निवासी तेजेन्द्र रायमाझी रहेका छन्। उनलाई जोरपाटी क्षेत्रबाट नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिनुभयो। रायमाझी दुर्गा प्रसाईं निकट मानिन्छन्। उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रवि लामिछानेको निवेदनको सुनुवाई सकिएको हो । यस निवेदनमा आजै फैसला आउने सम्भावना रहेको छ । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् । सहकारी ठगी प्रकरणमा उच्च अदालत […]
काठमाडौं । काठमाडौंमा एक महिनादेखि सवारी आवागमन अस्तव्यस्त बनेको छ । विभिन्न नाममा भइरहेका आन्दोलनले काठमाडौं उपत्यकामा सवारी जाम अत्यधित बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले विभिन्न आन्दोलनका नाममा सडक प्रयोग हुँदा सवारी आवागमन भद्रगोल बनेको बताए । “पछिल्लो समय सडकमा अत्यधिक जाम बढेको छ । यसले […]
सल्यान । सल्यानको शारदा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका–७ का २८ वर्षीय सन्तोष बिष्टको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार बिष्ट पाँच जनाको समूहसहित शंखमूलस्थित शंखपार्क नजिकैको शारदा नदीमा करेन्ट लगाई माछा मार्न गएका थिए। माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर नदीमा डुबेका […]
चर्चित ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोस आज साँझ ठमेलस्थित एलओडी क्लबमा सहभागी हुने भएका छन् । दशरथ रंगशालामा जारी नेपाल सुपर लिगका लागि कार्लोस मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । सोही अवसरमा उनी एलओडी क्लबमा पनि सहभागी हुनेछन् । एलओडी क्लबका निर्देशक भुपेन कुँवरका अनुसार कार्लोसको नेपाल आगमन शुक्रबारका लागि तय भएको थियो । तर […]
यादवबाट बिगो जफत प्रयोजनका लागि अख्तियारले पत्नी अमृतालाई पनि प्रतिवादी कायम गरेको छ काठमाडौं उपत्यका विकास प्राधिकरणमा करारमा कार्यरत कर्मचारीको तीन करोड २९ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति भेटिएको छ । स्रोत नखुलेको गैरकानुनी सम्पत्ति भेटिएपछि प्राधिकरणको काठमाडौं जिल्ला आयुक्तको कार्यालयद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]
सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएकी अञ्जान शाक्यले शिक्षा मन्त्रालयप्रति आफ्नो रूचि र विज्ञता दुवै नभएको बताएकी छन्। शिक्षा मन्त्रीबाट सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि नयाँ शिक्षा मन्त्रीमा शाक्यको नाम चर्चा हुँदै आएको छ। नेकपा (एमाले) कै कतिपय पदाधिकारीले शाक्य अब शिक्षा मन्त्री हुने चर्चा गरेका थिए। सोही आधारमा पूर्वराजदूतसमेत रहेकी शाक्य शिक्षा […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। ‘शिक्षक आन्दोलनको मागमा छलफलसमेत गर्न नसक्ने यो राज्य प्रणाली कतिसम्म खोक्रो र कमजोर भइसकेको छ भन्ने स्पष्ट भइसक्यो। शिक्षामन्त्रीले मात्र होइन, अब प्रधानमन्त्रीले समेत नवीन समझदारीका लागि मार्गप्रशस्त गर्ने समय आइसक्यो,’ प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्। संसद्को पहिलो र दोश्रो दलको गठबन्धन सरकारबाट समेत […]
दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा करिब ४७ करोड क्षति भएको मूल्याङ्कन गरिएको छ । चैत १५ मा पुर्वराजाको समर्थनमा भएको प्रदर्शनमा सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाए । प्रदर्शनकारीहरूले सञ्चार संस्था, भाटभटेनी सुपरस्टोर र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय सहित २२ वटा घर तथा कार्यालयमा तोडफोड भएको जिल्ला […]











