तीनकुने घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थक प्रदर्शनमा संलग्न भइ राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती निवासी तेजेन्द्र रायमाझी रहेका छन्। उनलाई जोरपाटी क्षेत्रबाट नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिनुभयो।

बिज्ञापन

रायमाझी दुर्गा प्रसाईं निकट मानिन्छन्। उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ अन्तर्गतको युवा मोर्चा, नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल संयोजकको रूपमा क्रियाशील रहेको बताइएको छ।

बिज्ञापन

प्रहरीका अनुसार रायमाझीमाथि राज्यविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइनेछ।

गत चैत १५ गते तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा रायमाझीसहित हालसम्म ७४ जना थुनामा रहेका छन्। त्यस्तै, एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेरसहित १० जना भने हाजिर जमानीमा रिहा भएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु