चर्चित ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोस आज साँझ ठमेलस्थित एलओडी क्लबमा सहभागी हुने भएका छन् ।
बिज्ञापन
दशरथ रंगशालामा जारी नेपाल सुपर लिगका लागि कार्लोस मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । सोही अवसरमा उनी एलओडी क्लबमा पनि सहभागी हुनेछन् ।
बिज्ञापन
एलओडी क्लबका निर्देशक भुपेन कुँवरका अनुसार कार्लोसको नेपाल आगमन शुक्रबारका लागि तय भएको थियो । तर स्वास्थ्यको कारणले तीन दिन ढिला गरी उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।
उनको नेपाल भ्रमणले सम्पूर्ण फुटबल प्रेमी दर्शकमा उल्लास छाउने पनि एलओडी क्लबका कुँवरको विश्वास छ ।