Author: सुधार आवाज
काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आउन अझै बाँकी छ । तर, नेपाली कांग्रेसमा आगामी नेतृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालिसकेको छ । सभापति पदको लागि डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा .शशाङ्क कोइराला, गगन थापा लगायतका नेताहरुले तयारी थालेका छन् । यसैगरी पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरुले पनि […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदबाट बर्खास्त गरेका छन्। तामाङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले उनलाई पदमुक्त गरेका हुन्। सूचना अनुसार, तामाङको पछिल्लो कार्यसम्पादनप्रति सरकारभित्रै असन्तुष्टि देखिएको थियो। विशेषतः ऊर्जा मन्त्रालयसँग सम्बन्धित केही निर्णय र व्यवहारप्रति प्रधानमन्त्री असन्तुष्ट थिए। गृहमन्त्री रमेश लेखकले समेत तामाङलाई राजीनामा दिन सुझाव दिएका थिए, तर तामाङले […]
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सञ्चारमन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयहरु सार्वजनिक गरेका हुन् । जसअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ । यस्तै, बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ । तीनकुने घटनामा ज्यान गुमाएका […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटवार्तामा दुई देशबीचको मित्रवत् सम्बन्ध, सांस्कृतिक आदानप्रदान, ऊर्जा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी सम्भावनाबारे विस्तृत छलफल भएको थियो। पछिल्ला दिनमा नेपाल–भारत ऊर्जा सहकार्य थप सुदृढ बन्दै गएको विषयमा पनि कुराकानी भएको […]
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको सञ्चालनमा कुनै पनि समस्या नरहेको स्पष्ट पार्नु भएको छ। नयाँ वर्ष २०८२ को अवसरमा आज सुरक्षा बिटमा खटिनु भएका पत्रकारहरूसँगको भेटमा उहाँले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिसम्बन्धी विषयलाई लिएर सत्ता गठबन्धनमा आशंका नगर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारमा कुनै समस्या छैन। गभर्नर सिफारिसका लागि गठन भएको सर्च […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। जम्मू-काश्मिरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि त्यस घटनालाई लिएर उनीहरूबीच कुराकानी भएको हो। प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच बुधबार टेलिफोनमा कुराकानी भएको हो। प्रधानमन्त्री ओलीले घटनालाई लिएर समवेदना प्रकट गरेका छन्। उनले जघन्य अपराधका विरूद्धमा नेपाल-भारतसँग एकसाथ रहेको पनि उल्लेख गरेका छन्। प्रधानमन्त्री […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार सम्पूर्ण रूपमा फेल भएको आरोप लगाएको छ । बुधवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीले यस्तो आरोप लगाएको हो । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनता निराश र आक्रोशित रहेको भन्दै सरकारको कुशासन र नालायकीका कारणले प्रतिगामी तत्वहरू सलबलाइरहेको बताउनु […]
नेपाल एक कृषि प्रधान देश हो, जहाँ जनसंख्याको बहुलता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ। तर यति महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने कृषि मन्त्रीको उपस्थिति भने सधैंजसो ओझेलमा परेको देखिन्छ। आजको दिनसम्म कृषि मन्त्रालयलाई अन्य मन्त्रालयहरूको तुलनामा प्रभावशाली, दूरदर्शी र परिणाममुखी बनाउन सकिएको छैन। देशको समृद्धि कृषिमा आधारित छ भन्ने कुरा राजनीतिक दलहरूका भाषणमा त […]
काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूसँगको छलफलपछि प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार गरिएको हो । साथै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव पनि अघि सारिएको छ । वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त […]
मुस्ताङ । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गर्नुभएको छ । उहाँका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गर्नुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई […]











