प्रधानमन्त्री ओलीसँग भारतीय विद्युत् मन्त्री खट्टरको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

बिज्ञापन

भेटवार्तामा दुई देशबीचको मित्रवत् सम्बन्ध, सांस्कृतिक आदानप्रदान, ऊर्जा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी सम्भावनाबारे विस्तृत छलफल भएको थियो। पछिल्ला दिनमा नेपाल–भारत ऊर्जा सहकार्य थप सुदृढ बन्दै गएको विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बिज्ञापन

भारतीय मन्त्री खट्टरले अरुण–३ जलविद्युत् आयोजनाको स्थलगत अवलोकन भ्रमण गरी आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए। उनले आयोजनालाई थप प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु