Author: सुधार आवाज
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४, घुम्तीमा मंगलबार (जेठ ६) दिउँसो यात्रीवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना५ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो । बस दुर्घटनामा घाइते भएकाहरूको उपचार […]
गोरखा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार तोडिने अवस्था नरहेको बताउनुभएको छ । आज गोरखाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाहको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो । “म अनावश्यक सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “यो गठबन्धन उच्चकोटीको भएकाले एकअर्काको दृष्टिकोणलाई बुझ्नुपर्दछ । गठबन्धन भन्नेबित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको छलफलको क्रममा पौडेललाई गभर्नर बनाउने सहमती भएको स्रोतले जनायो । सोहीअनुसार गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुने छ । राष्ट्रिय योजना […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने बुझिएको छ । यसअघि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस लगत्तै प्रधानमन्त्री ओली र देउवा भेटवार्ता गर्ने भनिए पनि प्रधानमन्त्री अस्वस्थ भएपछि […]
काठमाडौँ । सरकारले स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याउने संकेत गरेको छ । व्यापारीहरूले विरोध गरिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको लेबल नराखी कारोबार गर्नेहरूलाई अनुगमन गरी थप कारबाही गर्ने संकेत गरेको हो । अधिकतम विक्री मूल्यले बजार बिग्रिएको र […]
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको बताईएको छ । साथै, दुईबीच नेपाल राष्ट्र […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । प्रधानमन्त्री ओलीलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । सोमबारकाठमाडौँमा भएको एक कार्यक्रममा पनि आफू केही अस्वस्थ […]
काठमाडौँ, बैशाख ७ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जापानको टोकियोतर्फ प्रस्थान गरेकी छन्। उनी गएराति जापान प्रस्थान गरेकी हुन्। जापानको राजधानी टोकियोमा भोलिदेखि सुरु हुने सम्मेलनमा मन्त्री डा. राणाले ज्येष्ठ नागरिकहरूमा देखिने सामाजिक एकान्तता (Social Isolation) सम्बन्धी विषयमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एसियाली नागरिकको कल्याण […]
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन् । सोमबार काठमाडौंमा सुवास घिमिरेले लेख्नुभएको विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे । उनले कांग्रेसमा एउटा अवसर पनि रहेको बताए […]
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबिच भेटवार्ता हुन लागेको हो । नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिमा सत्तारूढ दल नेकपा एमाले र गठबन्धन साझेदार नेपाली कांग्रेसबीच […]











