प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिज्ञापन

आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने बुझिएको छ ।

बिज्ञापन

यसअघि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस लगत्तै प्रधानमन्त्री ओली र देउवा भेटवार्ता गर्ने भनिए पनि प्रधानमन्त्री अस्वस्थ भएपछि भेटवार्ता भएको थिएन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु