स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए । नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । तथ्यांकअनुसार […]

काठमाडौँ । चितवनको साहारा सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफ्नो पदीय हैसियतमा श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेको भेटिएको छ । यस्तै श्रीमती आबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटिएको मंगलबार उक्त सहकारी ठगी प्रकरणमा रवि समेतलाई विपक्षी बनाएर दायर गरिएको अभियोग पत्रमा उल्लेख छ […]

विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार प्रदान गर्न सफल भएको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी सल्यक्रिया सम्पन्न गरिँदै आएको छ । न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधिको महत्व यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि […]

सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनीसहितको समूहमाथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ । उनी नेकपा (एमाले) का नेता हुन् । उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो । सो सहकारी अपचलन सम्बन्धमा […]

हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी अब रिहाइको सूचीमा परेका छन्। नेपाल सरकार, विशेष गरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निरन्तर प्रयासपछि यो सकारात्मक परिणाम आएको हो। नेपाल सानो देश भए पनि धर्मले मार्गदर्शन गरेको हाम्रो कर्मले असम्भवलाई सम्भव बनाइरहेको छ। विपिन जोशीको रिहाइमा नेपाली जनताको आस्था, प्रार्थना र धैर्यको ठूलो भूमिका रहेको छ। […]

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा नेपाल स्टार्टअप तथा एसएमई सम्मेलन उद्घाटन भएको छ। बिहीबार वीपीनगर, ललितपुरमा कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए। स्थानीय उद्यमशीलता प्रवर्द्धन र स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलन दुई दिनसम्म चल्ने छ्। कार्यक्रममा उद्यमी, व्यवसायी, स्टार्टअप संस्थापक, नीति निर्माताहरू […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्। आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज) उनले लेखेका छन्, ‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास […]

नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल कुमार शर्माले उदयपुर जिल्लाका क्यान्सर पीडित जनताको लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था गर्नुभएको छ। नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका संयोजक नवराज अधिकारीले डा. शर्मासँग भेट गरी उदयपुर जिल्लाका सबै क्यान्सर पीडितहरूलाई निःशुल्क उपचार गराउन आग्रह गर्नुभएको थियो। उहाँको आग्रह अनुसार, डा। शर्माले […]

स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले गृहमन्त्री रहँदा सभापति रवि लामिछानेले एक बलात्कारीलाई जीवनदान दिएको स्वीकार गरेपछि राजनीतिक वृत्तमा विवाद चुलिएको छ। संग्रौलाले शनिबार सामाजिक सञ्जालमा गरेको यो टिप्पणी पछि सम्पादन गरे पनि विषयलाई लिएर आलोचना जारी छ। उनको पहिलो स्टाटसमा “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको” उल्लेख थियो, जुन केही समयपछि हटाएर […]

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दुर्लभ वंशाणुगत रोग हिमोफिलियाको उपचारका लागि आवश्यक औषधि नि:शुल्क उपलब्ध गराउने ऐतिहासिक निर्णय गरेका छन्। यो योजना अन्तर्राष्ट्रिय सहयोगको माध्यमबाट लागू गरिनेछ, जसले गर्दा राज्यकोषमा आर्थिक भार नपर्ने उनले जानकारी गराए। देशभरका नागरिकहरूबाट प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा गरिएको यो व्यवस्थाले दुर्लभ र महँगो औषधिको पहुँचलाई सहज बनाउँदै बिरामीहरूलाई राहत दिनेछ। […]