परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक सफलता : विपिन जोशीको रिहाइ नजिक

हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी अब रिहाइको सूचीमा परेका छन्। नेपाल सरकार, विशेष गरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निरन्तर प्रयासपछि यो सकारात्मक परिणाम आएको हो।

बिज्ञापन

नेपाल सानो देश भए पनि धर्मले मार्गदर्शन गरेको हाम्रो कर्मले असम्भवलाई सम्भव बनाइरहेको छ। विपिन जोशीको रिहाइमा नेपाली जनताको आस्था, प्रार्थना र धैर्यको ठूलो भूमिका रहेको छ। सत्य, धर्म, र न्यायले अन्ततः विजयी हुने संकेत मिलेको छ।

बिज्ञापन

टाइम्स अफ इजरायलका अनुसार, जोशीलाई हमासले इजरायलबाट अपहरण गरेको थियो। हाल उनी दोस्रो चरणमा रिहा हुने तयारीमा छन्। गाजामा अझै आठ जना थाई नागरिकसहित एक नेपाली र एक तान्जानियाली नागरिक जीवित रहेको खबर छ।

यो घटनाले प्रमाणित गरेको छ कि धर्म र मानवताको मार्गमा हिँड्नेहरूको रक्षा स्वयं परमात्माले गर्नुहुन्छ। विपिन जोशीको सुरक्षित घरफिर्तीको लागि सम्पूर्ण नेपालीहरूले भगवानसँग प्रार्थना गरिरहेका छन्। सत्यको विजय हुनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु