स्वास्थ्य मन्त्रीको घोषणा: हिमोफिलिया उपचार अब नि:शुल्क

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दुर्लभ वंशाणुगत रोग हिमोफिलियाको उपचारका लागि आवश्यक औषधि नि:शुल्क उपलब्ध गराउने ऐतिहासिक निर्णय गरेका छन्। यो योजना अन्तर्राष्ट्रिय सहयोगको माध्यमबाट लागू गरिनेछ, जसले गर्दा राज्यकोषमा आर्थिक भार नपर्ने उनले जानकारी गराए।

बिज्ञापन

देशभरका नागरिकहरूबाट प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा गरिएको यो व्यवस्थाले दुर्लभ र महँगो औषधिको पहुँचलाई सहज बनाउँदै बिरामीहरूलाई राहत दिनेछ। मन्त्री पौडेलले यो कदमले उपचारलाई शुलभ र सरल बनाउँदै नागरिकहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

बिज्ञापन

यो पहलकदमीले सरकारको स्वास्थ्य क्षेत्रमा देखिएको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै नागरिकको स्वास्थ्य सुरक्षामा नयाँ आशा जगाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु