काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । […]

  काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने दाबी गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले जनताको चाहनाअनुसार काम हुन नसकेकाले काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको बताए । ‘यो सरकार संसदको पहिलो र दोस्रो दल मिलेर बनेको छ । यसरी सरकार बनाउनुपर्ने अवस्था कसरी […]

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक सुरू भएको हो । उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई ह्विप जारी गर्ने एक सांसदले जानकारी दिए । यस्तै राप्रपा संसदीय दलको बैठक पनि जारी छ । राप्रपाको निर्देशन समितिले शनिबार […]

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने बताइएको छ । यसअघि सोमबार ओलीले शपथ लिएकै दिन मन्त्रिपरिषद्को बैठक बसेको थियो । उक्त बैठकले बाढी–पहिरोबाट मृतकका परिवारलाई राहत दिने, […]

‌सहरी विकासमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयलमा बुधबार भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए। उनीहरूले उपप्रधानमन्त्री सिंहलाई […]

तुलसीपुर उपमहानगरपालिका वडा न ५मा राप्रपाले वडा अधिवेशन सम्पन्न गरेको छ । अन्जन अधिकारी वडा अध्यक्षमा निर्वाचित भएका छन् । पार्टिको बिधान बमोजीम २५ सदस्यीय वडा कमिटि गठन भएको हो । सुधिर गुरुङको अध्यक्ष्यता एवम केन्द्रीय सदस्य दामोदर भण्डारीको प्रमुख आथित्यमा आज तुलसीपुरमा अबिधेशन सम्पन्न भएको हो । प्रमुख अथिती भण्डारीले मुलुकमा नयाँ राजनीतिक समिकरण […]

  काठमाडौँ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट […]

आरजु राणा  पहिलो पटक बनिन् मन्त्री काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् । उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ । आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन्। विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त भएका हुन्। आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ। बैठकमा उपस्थित २५८ सांसदमध्ये १ जना तटस्थ बसे। प्रस्तावको पक्षमा परेको ६३ मत प्रतिनिधिसभामा […]