अघिल्लो सरकारले भन्दा राम्रो काम गर्छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने दाबी गरेका छन् ।

बिज्ञापन

काठमाडौंको तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले जनताको चाहनाअनुसार काम हुन नसकेकाले काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको बताए ।

‘यो सरकार संसदको पहिलो र दोस्रो दल मिलेर बनेको छ । यसरी सरकार बनाउनुपर्ने अवस्था कसरी आयो भने यो भन्दा अगाडिको सरकार टिक्न सकेन । राजनीतिक अस्थिरता भयो । जनताको चाहनाअनुसार काम हुन सकेन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो सरकारले अगाडिको सरकारले भन्दा राम्रो पर्फमेन्स गर्छ । जनतामा आशा जगाउने गरी काम गर्नेछ ।’

बिज्ञापन

विकास निर्माणको काम एकै दिनमा नहुने र समय लाग्ने भन्दै उनले नेपालको अवस्था बुझ्न पनि आग्रह गरे ।

जनतासँग प्रत्यक्ष जोडिएको सरकार स्थानीय सरकार भएको भन्दै सिंहले स्थानीय सरकारलाई सुव्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले सम्पदा र आफ्नो पहिचानको रक्षा हुने गरी तारकेश्वरलाई आधुनिक नगरपालिका बनाउन सुझाव दिए

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु