प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय लिन कांग्रेस बैठक सुरु, राप्रपा पनि छलफलमा

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक सुरू भएको हो । उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई ह्विप जारी गर्ने एक सांसदले जानकारी दिए ।
यस्तै राप्रपा संसदीय दलको बैठक पनि जारी छ । राप्रपाको निर्देशन समितिले शनिबार नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोहीअनुसार बैठकले निर्णय लिने बताइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु