स्वास्थ्य
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको सानेपामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २ को आयोजनामा टीका विद्याश्रम माध्यमिक विद्यालय सानेपामा भएको स्वास्थ्य शिविरमा ४२८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । […]
नेपालभ्युजका उपसम्पादक तथा कुशल पत्रकार श्यामसुन्दर पुडासैनीको शुक्रबार राति ३३ वर्षको उमेरमा अकस्मात निधन भएको छ। राति करिब ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अचानक ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याएपछि चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेका हुन्। नुवाकोट स्थायी घर भएका पुडासैनी विगत १४ वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय थिए। उहाँले रेडियो अन्नपूर्ण, प्राइम, माइन्टेन, […]
सांसद डा. सुनीलकुमार शर्माको केएमसी स्वास्थ्य टोलीले खानीखोलामा गर्यो सात सय बिरामीको निःशुल्क उपचार
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको खानीखोला गाउँपालिकामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । ग्रेस नेपालको आयोजना तथा अप्टिमिस्ट इन्टरनेशनलको सहआयोजनामा पालिकाको वडा नम्बर ५ को कार्यालयमा भएको स्वास्थ्य शिविरमा ७३५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी […]
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि भन्दै मन्त्री पौडेलले अतिरिक्त सचिव डा. टङ्क बराकोटी नेतृत्वको कार्यदल बनाएका छन्। कार्यदललाई आम नागरिकलाई समेत सेवा […]
आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै बिरामी परेका शान्तिनगर गाउँपालिका वडा नं ४ का गणेश परियारको अवस्था बुझ्न गाउँपालिकाको नेतृत्व प्रत्यक्ष रुपमा उनको घरमै पुगेको छ। अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा बुढाथोकी सहितको टोलीले परियारको घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। गणेश परियार लामो समयदेखि आर्थिक समस्याका कारण आवश्यक उपचार गराउन नसकी […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy) को आवश्यकतामा जोड दिनुभएको छ । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै उहाँले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताउनुभएको हो । जहाँ पितृसत्ता बढी […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ । जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो “जलवायु परिवर्तनको असरका कारण नेपाल पछिल्लो समय के कसरी प्रभावित भएको छ र कस्तो जोखिममा छ भन्ने बारेमा नेपालका […]
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले मानव सेवा आश्रमको भवन निर्माणका लागि ६ लाख ५१ हजार ११५ रुपैयाँ सहयोग गरेका छन्। सुर्खेतमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञका क्रममा उनले यो सहयोग घोषणा गरेका हुन्। मानव सेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि २० करोडको लागत योजना बनाएको छ। महायज्ञ आयोजक […]
शारदा नगरपालिकाको आयोजना, नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोग र Ridley Eye Foundationको आर्थिक सहकार्यमा निःशुल्क आँखा शिविर शीतलपाटी आँखा उपचार केन्द्रमा सफलतापूर्वक सम्पन्न भएको छ। मंसिर २८ र २९ गतेका लागि तय गरिएको यो शिविर बिरामीको ठूलो चापका कारण ३० गतेसम्म सञ्चालन गरिएको थियो। शिविरमा ६९० जनाको आँखा परीक्षण गरिएकोमा, २०९ […]
स्वास्थ्य मन्त्री पौडेलको बाली सम्बोधनः देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरबिरुद्ध लड्ने विश्व लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण उपलब्धि काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै […]











