कुशल पत्रकार पुडासैनिको दुखध निधन

नेपालभ्युजका उपसम्पादक तथा कुशल पत्रकार श्यामसुन्दर पुडासैनीको शुक्रबार राति ३३ वर्षको उमेरमा अकस्मात निधन भएको छ।

बिज्ञापन

राति करिब ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अचानक ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पताल लगिएको थियो। अस्पतालमा पुर्‍याएपछि चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेका हुन्।

बिज्ञापन

नुवाकोट स्थायी घर भएका पुडासैनी विगत १४ वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय थिए। उहाँले रेडियो अन्नपूर्ण, प्राइम, माइन्टेन, र जनता टेलिभिजनमा कार्य गर्दै आफ्नो निष्ठा र क्षमताको उच्च प्रमाणित गर्नुभएको थियो।

उहाँको असामयिक निधनले नेपाली पत्रकारिता क्षेत्रले एक इमानदार, मेहनती, र प्रतिबद्ध व्यक्तित्व गुमाएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु