आर्थिक
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले मानव सेवा आश्रमको भवन निर्माणका लागि ६ लाख ५१ हजार ११५ रुपैयाँ सहयोग गरेका छन्। सुर्खेतमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञका क्रममा उनले यो सहयोग घोषणा गरेका हुन्। मानव सेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि २० करोडको लागत योजना बनाएको छ। महायज्ञ आयोजक […]
सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेले परोपकारका नाममा पनि ठगी गरेको खुलासा भएको छ । कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउन्डेसन खोलेका लामिछानेले सार्वजनिक अपिल गरेर रकम संकलन गरेका थिए । दाताले करोडौं रुपैयाँ दिँदा पनि उल्टै ऋण लागेको भन्दै उनले तीन तहका सरकारबाट ५ करोड ५२ […]
युवा नेता रेशम लामाद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण सामाजिक सेवामा निरन्तर सक्रिय युवा नेता रेशम लामाले श्री भीमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन्। चिसो मौसममा बालबालिकाको स्वास्थ्य र पढाइमा अवरोध नहोस् भन्ने उद्देश्यले स्वेटर, स्टेशनरी सामग्री, र गरिब तथा […]
गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी र प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई […]
सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई आज बिहानै पाेखरा लगिएकाे छ । लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर हिजाे बुधबार राति नाै बजेसम्म बयान लिइएकाे थियाे । आज बिहानै उनलाई पाेखरा पठाइएकाे चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गाैतम मिश्रले जानकारी दिए । लामिछानेलाई कात्तिक दुईमा कास्की प्रहरीले पक्राउ गरेकाे थियाे । सहकारी प्रकरणमा बारेमा बयानका […]
केरुङ नाका हुँदै काठमाडौं भित्र्याइँदै गरेको तस्करीको सुन गायब पारिएको घटनामा संलग्न नेपाल प्रहरीका असइ सविन तिवारी निलम्बनमा परेका छन् । संगठनलाई छलेर तस्करीको सुन अन्यत्र दिएको खुलेपछि प्रहरीले उनलाई निलम्बन गरेको हो । केरुङ नाकाबाट २४ साउनमा कन्टेनरभित्र फल्स बटम बनाएर छुटाइएको सुन भोलिपल्ट धादिङको खानीखोला आइपुगेपछि हतियारधारी चारजनाको समूहले लुटेको थियो । सुन आउँदै गरेको सूचना […]
सानो पाइला सहकारी ठगीमा पनि मुछिए रवि–छवि, प्रहरीले माग्यो पक्राउ अनुमति सहकारी ठगी र संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गर्नका लागि पर्सा प्रहरीले अदालसमक्ष अनुमति मागेको छ । वीरगञ्ज महानगर–६ स्थित आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ॠण सहकारी संस्था ठगीमा मुछिएपछि रवि, छवि […]
देशलाई ऋणको भार थपिने सम्झौता स्वीकार्न सकिँदैन, अनुदान भए आपत्ति छैन् सत्ता साझेदार दल नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नभएर अनुदानमै लिनुपर्ने सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा बसेको कांग्रेसका शीर्ष नेताहरुको छलफलपछि सो निष्कर्ष निकालेर ओलीलाई सन्देश पठाईएको प्रवक्ता […]
काठमाडौं : सहकारीसम्बन्धी संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको छ। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछानेसमेतको सहभागिता देखिएको समितिको ठहर छ। ‘रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज […]
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक (RBB) को शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु.५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको […]










