सानो पाइला सहकारी ठगीमा पनि मुछिए रवि

सानो पाइला सहकारी ठगीमा पनि मुछिए रवि–छवि, प्रहरीले माग्यो पक्राउ अनुमति
सहकारी ठगी र संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गर्नका लागि पर्सा प्रहरीले अदालसमक्ष अनुमति मागेको छ ।

बिज्ञापन

वीरगञ्ज महानगर–६ स्थित आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ॠण सहकारी संस्था ठगीमा मुछिएपछि रवि, छवि र फरार रहेका गितेन्द्रबाबु राईविरुद्ध प्रहरीले पक्राउ अनुमति मागेको हो ।

बिज्ञापन

सानो पाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा ८ करोड ५८ लाख ४४ हजार अवैध रुपमा ल्याएको अनुसन्धानको क्रममा खुल्न आएको छ । सो सहकारीका अध्यक्ष जिबी राई हुन् ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री हुन् । सहकारी ठगी मुद्दामै प्रहरी हिरासतमा रहेका जोशी पूर्व प्रहरी नायव महानिरीक्षक हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु