केरुङ नाका हुँदै काठमाडौं भित्र्याइँदै गरेको तस्करीको सुन गायब पारिएको घटनामा संलग्न नेपाल प्रहरीका असइ सविन तिवारी निलम्बनमा परेका छन् । संगठनलाई छलेर तस्करीको सुन अन्यत्र दिएको खुलेपछि प्रहरीले उनलाई निलम्बन गरेको हो । केरुङ नाकाबाट २४ साउनमा कन्टेनरभित्र फल्स बटम बनाएर छुटाइएको सुन भोलिपल्ट धादिङको खानीखोला आइपुगेपछि हतियारधारी चारजनाको समूहले लुटेको थियो । सुन आउँदै गरेको सूचना […]

सानो पाइला सहकारी ठगीमा पनि मुछिए रवि–छवि, प्रहरीले माग्यो पक्राउ अनुमति सहकारी ठगी र संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गर्नका लागि पर्सा प्रहरीले अदालसमक्ष अनुमति मागेको छ । वीरगञ्ज महानगर–६ स्थित आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ॠण सहकारी संस्था ठगीमा मुछिएपछि रवि, छवि […]

देशलाई ऋणको भार थपिने सम्झौता स्वीकार्न सकिँदैन, अनुदान भए आपत्ति छैन् सत्ता साझेदार दल नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नभएर अनुदानमै लिनुपर्ने सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा बसेको कांग्रेसका शीर्ष नेताहरुको छलफलपछि सो निष्कर्ष निकालेर ओलीलाई सन्देश पठाईएको प्रवक्ता […]

काठमाडौं : सहकारीसम्बन्धी संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको छ। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछानेसमेतको सहभागिता देखिएको समितिको ठहर छ। ‘रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज […]

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक (RBB) को शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु.५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको […]

आज राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ। बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्दैछ। ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत प्रोसेजिङ फि प्रणलीमा लोन लिन सकिने छ । यो योजना […]

वीरेन्द्रनगर सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन गरिएको छ । आर्थिक समृद्धि अहिले राष्ट्रको मूलमुद्दा भएकाले आर्थिक लगानी र उद्यमशीलता प्रवर्द्धन गर्न भन्दै सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नीति निर्माता, बजार निर्माता र उद्यमशीलहरूसँगै विभिन्न मन्त्रालयलगायत देशका नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सहभागिता रहको थियो । सम्मेलनमा कर्णालीमा उद्यमशीलता वृद्वि गरी स्वरोजगारी सिर्जना गर्ने […]

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि कूल रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आवका लागि विनियोजित […]

काठमाडौँ । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि उनलाई केन्द्रीय कारागारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । कान्तिपुर सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिटको बचत रकम अपचलन गरेर फरार भएका लामाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले […]

 बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन् । उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष यहाँ यार्सा टिप्न […]