काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबिच भेटवार्ता हुन लागेको हो । नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिमा सत्तारूढ दल नेकपा एमाले र गठबन्धन साझेदार नेपाली कांग्रेसबीच […]

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गर्नुभएको छ । नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय […]

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका औपचारिक कार्यक्रममा पटक–पटक बोलाउँदा समेत सहभागी नहुने व्यक्तिहरूको रेकर्ड राखी आगामी कार्यक्रममा नबोलाउन स्पष्ट निर्देशन दिनुभएको छ। सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी गरिमायुक्त कार्यक्रममा सम्मानका लागि नाम समावेश गर्ने तर सहभागी नहुने प्रवृत्तिप्रति कडा आलोचना गर्नुभयो। उहाँको […]

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट पुनः एकपटक हेर्न नमिल्नेमा परेपछि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन। यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले रिट हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश दिएको थियो। सोही आदेशअनुसार आजको लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरुको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै […]

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइके अझै पक्राउ नपरेको भन्दै गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले ड्राइभर र व्यापारी मात्रै थुनेर सरकार जिम्मेवारीबाट उम्किन नसक्ने चेतावनी दिएका हुन्। सांसद खतिवडाले भने, “केही महिना पहिले सरकारले टोखाबाट २५ करोड बराबरको युरो […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघीय फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको पहलमा सम्पन्न सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिता जनाएबापत डाइओङप्रति आभार प्रकट गर्दै हिमाल र वातावरणको संरक्षणमा विश्व समुदायको गम्भीर ध्यान आवश्यक […]

काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ । छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले दवाफार छलफल सकेर आज शिक्षा समितिलाई प्रतिवेदन पेस गरेको हो । १५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०१ दफामा परिमार्जन गरि १०८ बुँदामा प्रतिवेदन बुझाएको समिति संयोजक विश्वकर्माले जानकारी दिए । त्यस्तै, विधेयकमा १३ […]

एजेन्सी । मधेस प्रदेश सरकारका तत्कालिन अर्थमन्त्री विजयकुमारसहित आठजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । तत्कालिन अर्थमन्त्रीसहित आठ जनाले मिलोमत्तोमा सरकारी सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको अरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले वागमती नगरपालिका सर्लाहीमा तत्कालिन वागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालिन प्रमुख […]

काठमाडौं । तीन दिनसम्म राजधानी काठमाडौंमा सम्पन्न सगरमाथा संवादले जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित हिमाली क्षेत्रका लागि विशेष जलवायु कोष स्थापनाको अन्तर्राष्ट्रिय माग गर्दै २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। “सगरमाथा कल फर एक्शन” शीर्षकको उक्त घोषणापत्रमा जलवायु वित्तलाई प्रभावकारी ढंगले परिचालन गर्न, विशेषगरी हिमाली क्षेत्र केन्द्रित कोष स्थापनामा जोड दिइएको छ। विश्वका नेताहरूले पर्वतीय क्षेत्रहरूमा […]