राजनीति
काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मङ्गलबार बोलाएको छ । बेलुका ६ […]
काठमाडौँ । सरकार र शिक्षक महासंघबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ । शनिवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधि बीचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो । शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरुले […]
काठमाडौँ ।आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । आज प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको बर्तौलाले बताए । संसद्को बजेट अधिवेशन आज १ बजेबाट सुरु हुँदैछ ।
काठमाडौं । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको केन्द्रिय उपाध्यक्षमा दाङका सुरेश हमाल निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको वैशाख १० र ११ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौमा सम्पन भएको दोस्रो राष्ट्रिय महाधिवेशन बाट हमाल उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । नेपाली कांग्रेस तुलसीपुरका नगर सभापति […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवस नेपालीको ठुलो चाड र खुसीको दिन भएको बताउनुभएको छ । लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै ओलीले बैशाख ११ निरङ्कुशता पराजय र लोकतन्त्रले जितेको दिन भएको बताउनुभयो । त्यसैले यो दिनलाई उत्सवको रूपमा मनाउनु पर्ने उहाँको धारणा छ […]
नेविसंघले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य बनाएको, शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका मागहरु पूरा गर्न तत्परता नदेखाएको लगायत आरोपमा उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । बिहिबार अपरान्ह करिब एक दर्जनको समूहमा आएका उनीहरुले ‘त्रिभुवन विश्वविद्यालयको भिसि नियुक्तिमा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएका बताउनुभएको छ । लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डङ्गोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका बताउनुभयो । ‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, […]
काठमाडौं । डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच वैशाख १७ गते एकताको घोषणा हुने भएको छ । दुई पार्टीबीच एकता घोषणा गर्ने तयारी भएको अध्यक्ष राउतको सचिवालयले जनाएको छ । ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’, सचिवालयले भनेको […]
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ । नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर […]
नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघकोे बागचौर नगरपालिका स्तरिय नगर कार्य समिति गठन गरिएको छ । बुधबार आयोजित एक भेलाबाट मनिषा बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा इन्द्रा कुमारी डाँगी, प्रिति थापा वली, सचिव टीका वली, सविता बुढाथोकी, सह(सचिव लक्ष्मी भण्डारी, हिमा शर्मा, कोषाध्यक्षमा यमकला वली डि।सी, सहित ७१ […]











