काठमाडौं । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको केन्द्रिय उपाध्यक्षमा दाङका सुरेश हमाल निर्वाचित हुनु भएको छ ।
बिज्ञापन
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको वैशाख १० र ११ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौमा सम्पन भएको दोस्रो राष्ट्रिय महाधिवेशन बाट हमाल उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
बिज्ञापन
नेपाली कांग्रेस तुलसीपुरका नगर सभापति समेत रहनु भएका हमाल लामो समय देखी यातायात क्षेत्रको नेतृत्व गर्दै आउनु भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार, त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङका अध्यक्ष समेत रहनु भएका हमाल यातायात क्षेत्रको कुशल नेतृत्वका रुपमा स्थापित व्यक्ति भएको प्रालिका प्रवन्धक पुष्कर धितालले बताउँनु भयो ।






