राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघीय फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको पहलमा सम्पन्न सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिता जनाएबापत डाइओङप्रति आभार प्रकट गर्दै हिमाल र वातावरणको संरक्षणमा विश्व समुदायको गम्भीर ध्यान आवश्यक […]
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ । छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले दवाफार छलफल सकेर आज शिक्षा समितिलाई प्रतिवेदन पेस गरेको हो । १५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०१ दफामा परिमार्जन गरि १०८ बुँदामा प्रतिवेदन बुझाएको समिति संयोजक विश्वकर्माले जानकारी दिए । त्यस्तै, विधेयकमा १३ […]
एजेन्सी । मधेस प्रदेश सरकारका तत्कालिन अर्थमन्त्री विजयकुमारसहित आठजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । तत्कालिन अर्थमन्त्रीसहित आठ जनाले मिलोमत्तोमा सरकारी सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको अरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले वागमती नगरपालिका सर्लाहीमा तत्कालिन वागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालिन प्रमुख […]
काठमाडौं । तीन दिनसम्म राजधानी काठमाडौंमा सम्पन्न सगरमाथा संवादले जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित हिमाली क्षेत्रका लागि विशेष जलवायु कोष स्थापनाको अन्तर्राष्ट्रिय माग गर्दै २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। “सगरमाथा कल फर एक्शन” शीर्षकको उक्त घोषणापत्रमा जलवायु वित्तलाई प्रभावकारी ढंगले परिचालन गर्न, विशेषगरी हिमाली क्षेत्र केन्द्रित कोष स्थापनामा जोड दिइएको छ। विश्वका नेताहरूले पर्वतीय क्षेत्रहरूमा […]
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ । तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिनुभएको हो । उहाँले अनुसन्धानको निष्कर्षसहित केही […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले कानूनि प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाउनुभएको हो । सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेको आरोप लगाउँदै यसरी मुलुकमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गर्नुभयो । […]
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र शाक्य आफ्नो काममा काबिल रहेको बताउनुभएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहनुभएका रिमालले प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा शाक्य त्यतिकै इमानदार रहेको उल्लेख गर्नुभएको छ । तथापि उहाँलाई बदनाम गराउन सुनियोजित हिसाबले केही मानिसहरू लागेकाले सजक रहन उहाँले आग्रह गर्नुभएको छ […]
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वार्षिकोत्सव तथा २७औँ साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अहिलेको व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गरेर सहकार्य र समन्वयका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । […]
काठमाडौं : परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गरेका छन। सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट भएको हो। भेटमा मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरिन्। मन्त्री डा. राणाले सिन्धुलीको सडक […]
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त मन्तव्यका […]











