आरजु राणा  पहिलो पटक बनिन् मन्त्री काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् । उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ । आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन्। विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त भएका हुन्। आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ। बैठकमा उपस्थित २५८ सांसदमध्ये १ जना तटस्थ बसे। प्रस्तावको पक्षमा परेको ६३ मत प्रतिनिधिसभामा […]

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरपालिकाको मंगलबार दिउँसो ४ बजेदेखि सुरु नगरसभाको १५ औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर […]

नेपाली काग्रेसका सांसद सुनिल शर्माले २८गते विश्वासको मतअघि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो कुरा बताएका हुन । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको बताए । उनले दुई वटा काममध्ये पूर्वाञ्चल […]

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा एउटा कार्यक्रममा सँगै देखिएका छन् । कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजित फोटो प्रदर्शनीमा दुई नेताको भेट भएको हो । कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले स्वागत गरेका […]

काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् । सोमबार राति नै […]

  काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल र चारलेनको सडकमा निर्माणमा भइरहेको सरकारी उपेक्षाप्रति आक्रोश पोखेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले लामो इतिहाँस बोकेको टरिगाउँ विमानस्थल बनाउन पटक पटक आवाज उठाउँदा पनि सरोकारवाला निकायले लापरबाही गरेर ध्यान नदिएको बताए । उनले चारलेन सडकलाई कामचलाउ […]

  काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यसका साथै प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन (२०७९ साउन-२०८० आसार) पेस गर्ने, […]

 (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन् ।६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले आफूहरूले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन् । ‘देशको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति रवि लामिछानेज्यूले आफू सञ्चारकर्ममा हुँदा राजनीतिज्ञलाई, आफू राजनीतिमा आएपछि सञ्चार […]

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीहरुले मन्त्रालयमा बसेर निर्देशन दिने भन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरुलार्ई उत्साह जगाउन […]