संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री दाहाल पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन्। विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त भएका हुन्।

बिज्ञापन

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ। बैठकमा उपस्थित २५८ सांसदमध्ये १ जना तटस्थ बसे।

बिज्ञापन

प्रस्तावको पक्षमा परेको ६३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

प्रधानमन्त्री दाहालले यस अघि चार पटक विश्वासको मत प्राप्त गरेका थिए। तर पाचाै‌ं पटकमा उनी विफल भए। पहिलो पटक २०७९ साल पुस २६ गते पहिलाे पटक विश्वासको मत प्राप्त गरेका थिए। साे बेला बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई विश्वासको मत दिएका थिए।

बिज्ञापन

दोस्रो पटक २०७९ सालको चैत ६ गतेको बैठकमा २६२ सांसद सहभागी भए। जसमा १७२ जनाबाट उनलाई विश्वासको मत प्राप्त भयाे।

तेस्रो पटक २०८० फागुन ३० मा २६८ सांसद सहभागी मतदानमा १५७ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए।

यसैगरी प्रधानमन्त्री दाहालले चौथो पटक २०८१ जेठ ७ मा १५८ सांसद सहभागी मतदानमा १५७ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु