काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शर्माले सभापति देउवासँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको जानकारी गराएका छन् । तस्बिर सेयर गर्दै शर्माले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे […]

काठमाडौँ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दा हेर्दा हेर्दैमा राखेको हो । कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले गत २५ पुसमा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला […]

काठमाडौँ । आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समिति संयोजक डा आरजुराणा देउवाले ‘मिडिया ब्रिफिङ’मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी […]

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ । संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रवार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पार्नुभएको हो । विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या […]

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु नेतृत्वमा नेपाल दृढ रहेको बताउनुभएको छ । शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतिका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गर्नुभएको हो । उहाँले जलवायु कार्यलाई राष्ट्रिय योजनामा समाहित गर्दै न्याय – केन्द्रित दृष्टिकोणलाई अंगालेको बताउनु भयो । […]

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । समितिले कर्मचारीको उमेर हद ५८ बाट ६० बनाउने र कुलिङ पिरियड २ वर्ष राख्ने प्रावधानसहित विधेयक पारित गरेको हो । निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने सहमति भएको समिति […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम […]

काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ ‘सगरमाथा संवाद’ सुरु भएको छ । आजदेखि सुरु हुने कार्यक्रम जेठ ४ गतेसम्म चल्नेछ । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी छन् । उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री […]

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिनुभएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा कांग्रेस महामन्त्री शर्माले पर्यटन विभागबाट आरोहण अनुमतिपत्र प्राप्त गर्नुभएको छ । वसन्त ऋतुको जारी […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गत काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेको छ। भेटका क्रममा नेपाल–रुस सम्बन्धका विविध पक्षबारे व्यापक छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा काल्मिकियाका प्रमुख कासिकोभले आउँदो सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा प्रदान गरेका […]