काठमाडौँ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
बिज्ञापन
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दा हेर्दा हेर्दैमा राखेको हो ।
बिज्ञापन
कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले गत २५ पुसमा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
सो आदेश खारेजको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दिएका थिए । दुवै निवेदनमाथि बिहीबारबाट सुनुवाइ सुरु भएको थियो ।






