प्रदेशको समृद्धि, युवा सशक्तीकरण, र सामाजिक परिवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली यूथ फेस्टिवल २०८१ आगामी माघ ११ र १२ गते बिरेन्द्रनगर, सुर्खेतको सिटी हल ग्राउण्डमा भव्य रूपमा आयोजना हुने भएको छ। यो महोत्सव कर्णाली प्रदेशका युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व, उद्यमशीलता, र समृद्धिको मार्गचित्र तयार पार्ने महत्वपूर्ण प्लेटफर्म बन्नेछ। मुख्य अतिथिको रूपमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री […]

चितवनको भरतपुर-११ बसेनी चोकमा प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घलानले एक युवकलाई लात्तीले कुटपिट गरेको घटना सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको छ। पुस १५ गते राति भएको यो घटनाको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको छ। घटनाको पृष्ठभूमि घटनाका क्रममा मोटरसाइकलमा ध्वनि प्रदूषण गर्दै आएका केही युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा विवाद […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy) को आवश्यकतामा जोड दिनुभएको छ । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै उहाँले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताउनुभएको हो । जहाँ पितृसत्ता बढी […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लैङ्गिक एवं यौनिक लगायतका अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताउनुभएको छ । जर्मनीको बर्लिनमा मङ्गलबार आयोजित समान अधिकारसम्बन्धी सम्मेलनको ‘राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता’ विषयक प्यानललाई सम्बोधन गर्दै उहाँले नेपालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजिबिटी) व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका पक्षमा धेरै उपलब्धि […]

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले मानव सेवा आश्रमको भवन निर्माणका लागि ६ लाख ५१ हजार ११५ रुपैयाँ सहयोग गरेका छन्। सुर्खेतमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञका क्रममा उनले यो सहयोग घोषणा गरेका हुन्। मानव सेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि २० करोडको लागत योजना बनाएको छ। महायज्ञ आयोजक […]

युवा नेता रेशम लामाद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण   सामाजिक सेवामा निरन्तर सक्रिय युवा नेता रेशम लामाले श्री भीमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन्। चिसो मौसममा बालबालिकाको स्वास्थ्य र पढाइमा अवरोध नहोस् भन्ने उद्देश्यले स्वेटर, स्टेशनरी सामग्री, र गरिब तथा […]

स्वास्थ्य मन्त्री पौडेलको बाली सम्बोधनः देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरबिरुद्ध लड्ने विश्व लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण उपलब्धि काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै […]

महोतरीको बर्दिबासमा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट सिन्धुलीको एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६९० नम्बरको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । वीपी राजमार्गमा बुधबार राति बर्दिबास–३ […]

नेपाली कांग्रेसका सांसद डा. सुनिललकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले दोलखामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कारितास नेपालको आयोजनामा दोलखाको विगु गाउँपालिकास्थित सिंगटीमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ६०३ जनाले सेवा लिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरमा ८७ जनाको ल्याब परीक्षण, ७७ […]

अशोज २,  दाङको शान्तिनगर गाँउपालिका स्थित जनकल्याण माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालयमध्येबाट २०८० सालको माध्यमिक शिक्षा उत्तीर्ण परिक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले तृतीय स्थान प्राप्त गर्ने श्री जनकल्याण माध्यमिक विद्यालय, शान्तिनगर-२, सिमसुन्दरपुर, दाङलाई नगद सहित पुरस्कृत गरेको छ । जनकल्याण […]