युवा नेता रेशम लामाद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण

युवा नेता रेशम लामाद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण 

 सामाजिक सेवामा निरन्तर सक्रिय युवा नेता रेशम लामाले श्री भीमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन्। चिसो मौसममा बालबालिकाको स्वास्थ्य र पढाइमा अवरोध नहोस् भन्ने उद्देश्यले स्वेटर, स्टेशनरी सामग्री, र गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई नगद सहयोगसमेत प्रदान गरिएको हो।

कार्यक्रमका क्रममा रेशम लामाले विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै भने, “चिसोको समयमा न्यानो कपडा पाउँदा बालबालिकाको स्वास्थ्य र पढाइमा सहजता आउँछ। यसले उनीहरूलाई आफ्नो लक्ष्यप्रति अझ प्रेरित गर्नेछ।”

उनले यसअघि पनि समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका छन्। विपन्न परिवारलाई राहत वितरण, स्वास्थ्य शिविर सञ्चालन, विद्यार्थीहरूको शैक्षिक सहयोग, तथा विभिन्न प्राकृतिक विपत्तिका बेला राहत पुर्‍याउनेजस्ता थुप्रै सामाजिक कार्यमा  उनको योगदान उल्लेखनीय छ।

विद्यालय व्यवस्थापन समितिले  उनको यो सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको शैक्षिक प्रगतिमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।
विद्यार्थीहरू र अभिभावकहरूले पनि  उनको यो कार्यको खुलेर प्रशंसा गरेका छन्। यस्ता कार्यहरूले शिक्षा र सामाजिक सेवामा मात्र नभई, सामुदायिक विकास र मानवीयता प्रवर्द्धन गर्न थप प्रेरणा प्रदान गर्दछ।

तस्बिरहरु :

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु