काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। सवारी दुर्घटना, डुबेको, र करेन्ट लागेका घटनाहरूले देशका विभिन्न जिल्लामा जनधनको क्षति पुर्‍याएको छ। ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा यी घटनाहरू घटेका हुन्। ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालक प्रजन सञ्यालको […]

हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य अमेरिकाका अन्य सहरमा डोनाल्ड ट्रम्प र उहाँको कडा नीतिहरू विरुद्ध प्रदर्शनको दोस्रो प्रमुख चरण आयोजना गरेका छन् । न्युयोर्कमा ‘अमेरिकामा कुनै राजा छैनन्’ र ‘अत्याचारको प्रतिरोध गर्नुहोस्’ जस्ता नारासहित अमेरिकी राष्ट्रपतिलाई लक्षित गर्ने सङ्केतहरू बोकेका मानिसहरू सहरको मुख्य पुस्तकालय बाहिर भेला भएका थिए । आप्रवासीहरूलाई पक्राउ गर्न […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरिएको छ । यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी राप्रपाको थियो। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरिएको हो । अब बालुवाटार र भद्रकालीबाट र्‍याली निस्कनेछैनन् । राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी […]

काठमाडौं । कर्णाली युथ फाउन्डेसनको आयोजनामा “कर्णाली सम्मान तथा सांस्कृतिक कार्यक्रम” काठमाडौंको भृकुटीमण्डपस्थित हलमा भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्ष २०८२ को स्वागतसँगै आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा समाजसेवा, शिक्षा, साहित्य, कला र संस्कृतिमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान, र कर्णाली क्षेत्रको सांस्कृतिक विविधताको झल्को दिने प्रस्तुतीहरू समावेश गरिएका थिए। कार्यक्रमको अध्यक्षता कर्णाली युथ […]

पाेखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उहाँले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पार्नुभयो । सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उहाँले भन्नुुभयो, “साथीहरुले […]

राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभाग सदस्य ओमनाथ भण्डारीले राजीनामा दिएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकले आफूलाई सोध्दै नसोधी कोसी प्रदेश इन्चार्जबाट हटाएको भन्दै उनले केन्द्रीय संगठन विभागबाट राजीनामा दिएका हुन् । आफूसँग परामर्श गरेको भए पार्टी निर्णय स्वीकार गर्ने भन्दै उनले सोध्दै नसोधी गरेको निर्णयमा असहमतिसहित साधारण सदस्यमात्र […]

तपस्वीको परिचय बनाएका रामबहादुर बमजनलाई बाल यौन दुराचार मुद्दामा उच्च अदालत जनकपुरले सफाइ दिएको छ । बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । उक्त आदेशविरुद्ध बमजनले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । उच्चका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले गत चैत ६ […]

काठमाडौँ । बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरले जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । सो इजलासले २०८० ६ चैतमा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको छ । उनीहरू दुवैले […]

काठमाडौँ । कांग्रेसका स्थानीय कार्यकर्ता सुलभ मल्ल र सन्दिप विष्टलाई खुँडा प्रहार गरी हत्याको प्रयास गरेको अभियोगमा थुनामा रहेको बाँके राप्तीसोनारी–२, का वडाध्यक्ष ज्ञानेन्द्रराज वली थुनामुक्त हुन माग गर्दै सर्वोच्च अदालत आइपुगेका छन् । व्यक्ति हत्या अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सो विरुद्ध उनले पुनरावेदन गरेका थिए । तर उच्च अदालतले समेत जिल्ला […]

बिवाइडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नेपालमा बिक्री भएका सबै बिवाइडी इलेक्ट्रिक भेइकल (इभी) मा विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ। इभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने बताइएको छ। बिवाइडीका एडभान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको […]