काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहज्यूले जाजरकोटमा एकैदिन तीनवटा पुलको शिलान्यास गर्नु भएको छ। उहाँले दुईवटा बेलिब्रिज र एकवटा पक्की पुलको शिलान्यास गर्नु भएको हो भन्ने जानकारी उहाँको सचिवालयले दिएको छ। मन्त्री शाहज्यूले जाजरकोटका शिवालय र छेडागाड नगरपालिका जोड्ने रिठे खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास गर्नु […]

काठमाडौँ । २१ दिनदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको थियो […]

अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ । बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षतापछि दिनुभएको मन्तव्यमा उहाँले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। आइतबार राति उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए। राणालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको उनले बताए। ‘उहाँको मुखमा क्यान्सर भएको ठाउँमा मासु पलायो र परीक्षण […]

पोखरा । राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर फर्किएका एक प्रधानाध्यापकको सवारी दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा परी निधन हुने शिक्षक मनाङको नार्फु गाउँपालिका–८ का मन घले हुन् । उनी मनाङको नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । शिक्षकहरूको आन्दोलनमा सहभागिता जनाउन काठमाडौं गएका घले फर्किने क्रममा तनहुँमा […]

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा जानु भएका कारण उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको छ। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) अनुसार देउवा स्वदेश फर्कनु नभएसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको रूपमा जिम्मेवारी दिइएको हो। यो जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनु भएको […]

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। सवारी दुर्घटना, डुबेको, र करेन्ट लागेका घटनाहरूले देशका विभिन्न जिल्लामा जनधनको क्षति पुर्‍याएको छ। ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा यी घटनाहरू घटेका हुन्। ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालक प्रजन सञ्यालको […]

हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य अमेरिकाका अन्य सहरमा डोनाल्ड ट्रम्प र उहाँको कडा नीतिहरू विरुद्ध प्रदर्शनको दोस्रो प्रमुख चरण आयोजना गरेका छन् । न्युयोर्कमा ‘अमेरिकामा कुनै राजा छैनन्’ र ‘अत्याचारको प्रतिरोध गर्नुहोस्’ जस्ता नारासहित अमेरिकी राष्ट्रपतिलाई लक्षित गर्ने सङ्केतहरू बोकेका मानिसहरू सहरको मुख्य पुस्तकालय बाहिर भेला भएका थिए । आप्रवासीहरूलाई पक्राउ गर्न […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरिएको छ । यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी राप्रपाको थियो। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरिएको हो । अब बालुवाटार र भद्रकालीबाट र्‍याली निस्कनेछैनन् । राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी […]

काठमाडौं । कर्णाली युथ फाउन्डेसनको आयोजनामा “कर्णाली सम्मान तथा सांस्कृतिक कार्यक्रम” काठमाडौंको भृकुटीमण्डपस्थित हलमा भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्ष २०८२ को स्वागतसँगै आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा समाजसेवा, शिक्षा, साहित्य, कला र संस्कृतिमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान, र कर्णाली क्षेत्रको सांस्कृतिक विविधताको झल्को दिने प्रस्तुतीहरू समावेश गरिएका थिए। कार्यक्रमको अध्यक्षता कर्णाली युथ […]