मन्त्री शाहद्वारा जाजरकोटमा एकैदिन तीनवटा पुलको शिलान्यास

काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहज्यूले जाजरकोटमा एकैदिन तीनवटा पुलको शिलान्यास गर्नु भएको छ। उहाँले दुईवटा बेलिब्रिज र एकवटा पक्की पुलको शिलान्यास गर्नु भएको हो भन्ने जानकारी उहाँको सचिवालयले दिएको छ।

बिज्ञापन

मन्त्री शाहज्यूले जाजरकोटका शिवालय र छेडागाड नगरपालिका जोड्ने रिठे खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास गर्नु भएको हो।

बिज्ञापन

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टा ज्यूको पनि उपस्थिति रहेको थियो। सो अवसरमा मन्तव्य राख्दै मन्त्री शाहज्यूले जाजरकोटका जनताले विगतमा भोग्दै आएको कठिन यात्रा, दैनिक उपभोग्य सामग्रीको ढुवानी र विकास निर्माणसँग सम्बन्धित समस्या अब अन्त्य हुने दिशातर्फ उन्मुख भएको उल्लेख गर्नु भयो।

उहाँले पुल निर्माण तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिनुहुँदै निर्माण कम्पनीलाई म्यादभित्रै काम सक्न आग्रह गर्नु भएको छ।

बिज्ञापन

यसै क्रममा मन्त्री शाहज्यूले छेडागाड नगरपालिका–५ र जुनिचाँदे गाउँपालिका जोड्ने बेलिब्रिज र छेडागाड नगरपालिका–५ र १२ जोड्ने मनघाट खोलामा निर्माण हुने अर्को बेलिब्रिजको पनि शिलान्यास गर्नु भएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु