काठमाडौँ। तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ । जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) अध्यक्ष रुकमणि महर्जनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आह्वान […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भेट्नुभएको छ । सभापति देउवाले आईतवार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेट्नुभएको हो । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन […]

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्‌को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताउनु भएको छ । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उहाँले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गर्नु भएको हो । […]

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्ने व्यक्तिहरू नै बिचौलियाको खेलमा संलग्न भएको आरोप लगाउनु भएको छ। आइतबार काठमाडौंमा आयोजित सुमन कर्माचार्यको पुस्तक ‘कात्रोमा खल्ती’ को लोकार्पण समारोहमा सम्बोधन गर्नुहुँदै सांसद कोइरालाले नेतृत्व तहका मानिसहरू बिचौलियासँग मिल्दा देशको विकासमा गम्भीर अवरोध आइरहेको उल्लेख गर्नुभयो। उहाँले नेपाललाई समृद्ध बनाउन सकिने पर्याप्त सम्भावना […]

चैतेदसैँको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन् । चैतेदसैँका अवसरमा प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।] चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । चैतेदसैँको मुख्य दिन शनिबार अष्टमीको […]

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले […]

काठमाडौं । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लका अनुसार अनुसार ठगुन्नामाथि शनिबार राति आक्रमण भएको हो । अखिल क्रान्तिकारी नेता ठगुन्नाको चिउडो र आँखा नजिक चोट लागेको तस्बिरमा देख्न सकिन्छ । प्रहरीले भने घटनाबारे जानकारी नभएको जनाएको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका हुन् । शनिबारदेखि सुरु […]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ मा बोल्दै नेता थापाले सरकारले निजी क्षेत्रसँग विश्वासको वातावरण बनाउन सकेमा मात्रै मुलुकको अर्थतन्त्रले गति लिन सक्ने उल्लेख गर्नुभयो । समस्या समाधानका लागि हरेक क्षेत्रमा खुला र पारदर्शी छलफलको […]

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ । पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागिएको हो । […]