काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्ने व्यक्तिहरू नै बिचौलियाको खेलमा संलग्न भएको आरोप लगाउनु भएको छ।
बिज्ञापन
आइतबार काठमाडौंमा आयोजित सुमन कर्माचार्यको पुस्तक ‘कात्रोमा खल्ती’ को लोकार्पण समारोहमा सम्बोधन गर्नुहुँदै सांसद कोइरालाले नेतृत्व तहका मानिसहरू बिचौलियासँग मिल्दा देशको विकासमा गम्भीर अवरोध आइरहेको उल्लेख गर्नुभयो।
बिज्ञापन
उहाँले नेपाललाई समृद्ध बनाउन सकिने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि बिचौलियाबाट सतर्क र सचेत रहनुपर्ने आवश्यकता औंल्याउनु भयो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले केही दिनअघि राजीनामा दिनु परेको प्रसङ्ग कोट गर्दै डा. कोइरालाले बिचौलियाकै कारण काम गर्न नसकेर बरालले राजीनामा दिनुपरेको उल्लेख गर्नुभयो।
बिज्ञापन
संविधान सुधारको विषयमा बोल्दै उहाँले संविधानमा आवश्यक संशोधन हुनु पर्ने स्पष्ट धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार, नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्दा नै संविधान संशोधनको कुरा गरिएको थियो, र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत संसदको रोष्ट्रममा संविधान परिमार्जन आवश्यक भएको बताएका थिए।
देशको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै सांसद कोइरालाले सरकारको प्रयासले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिएको जानकारी दिनुभयो। उहाँले अध्यादेशमार्फत ल्याइएको कानुनबाट केही सकारात्मक परिवर्तन हुने आशा व्यक्त गर्नुभयो।






