काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताउनुभएको छ ।
बिज्ञापन
शनिबार काठमाडौंमा आयोजित ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ मा बोल्दै नेता थापाले सरकारले निजी क्षेत्रसँग विश्वासको वातावरण बनाउन सकेमा मात्रै मुलुकको अर्थतन्त्रले गति लिन सक्ने उल्लेख गर्नुभयो ।
बिज्ञापन
समस्या समाधानका लागि हरेक क्षेत्रमा खुला र पारदर्शी छलफलको खाँचो रहेको बताउनुभयो । सरकार आर्थिक सुधारतर्फ अग्रसर हुँदै गएको भन्दै उहाँले शासकीय सुधार र आर्थिक नीतिमा आम नागरिक तथा निजी क्षेत्रको विश्वास कायम राख्न आवश्यक रहेको धारणा राख्नुभयो।
आइटी, सफ्टवेयर, प्रोग्रामिङ लगायत पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिँदै थापाले युवाले मुलुकभित्र केही गर्न खोज्दा सरकार सहजीकरणमैत्री बन्नुपर्ने बताउनुभयो।
बिज्ञापन
कर प्रणाली सुधारका लागि सरोकारवाला निकायसँग समन्वय र गम्भीर छलफल हुनुपर्ने उहाँले भनाइ थियो। विदेशबाट कमाइएका रकम नेपाल भित्र्याउन र नेपालमा कमाइएका रकम कानुनीरूपमा विदेश लैजान मिल्ने व्यवस्था गरिएमा लगानी भित्र्याउन टेवा पुग्ने उहाँले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा जनचासो रहेकाले योग्य र सक्षम व्यक्ति नियुक्त हुनुपर्ने माग पनि उहाँले राख्नुभयो ।






