एजेन्सी । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले सोमबार जनाएको छ । यो युद्धविराम दुई देशबीच चार दिनसम्म चलेको क्षेप्यास्त्र, ड्रोन र तोपखाना आक्रमणहरू पछि सहमति भएको थियो । आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको थियो भने […]

काठमाडौँ । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू हुने गरी सबै […]

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई स्थानीयस्तरमा रोजगारी सृजनासँग जोड्नुपर्ने बताउनुभएको छ । वन तथा भूसंरक्षण विभाग, रेड कार्यान्वयन केन्द्र र वन अनुसन्धान तथा संरक्षण केन्द्रले आजदेखि आयोजना गरेको दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा उहाँले वनलाई उत्पादनमुखी संरक्षण अभियानमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री शाहीले जीवन र जलवायुको आधार वन भएकाले यसको […]

काठमाडौँ, बैशाख २७ – काठमाडौँको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा गएराति मोटरसाइकल र टिप्पर ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दुर्घटना राति करिब १२:४५ बजे नयाँ बसपार्कबाट नारायणगोपाल चोकतर्फ आइरहेको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा बागमती प्रदेश ०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकल चलाइरहेका […]

काठमाडौं ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणको अन्तिम तयारीमा नेपाल सरकार रहेको जानकारी दिनुभएको छ । मन्त्री डा राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो । उहाँले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको उल्लेख गर्दै सबैको सहमतिमा प्रदेश खारेज गर्ने प्रश्ताव राख्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले यस्तो प्रश्ताव राख्नुभएको हो । वर्तमान संघीय व्यवस्थाले सबैलाई समेट्न नसकेको टिप्पणी गर्दै उहाँले […]

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको शुक्रवारको बैठकमा सभामुख घिमिरेले नेपालीहरूको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरू प्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसदहरुले भारत पाकिस्तानमा युद्ध शुरु भएकाले त्यहाँ बसोवास गर्ने नेपालीहरुको समस्याप्रति सरकारको ध्यानाकर्षण […]

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बाँकि सबै खेल स्थगित भएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले जारी १८ औँ संस्करणको आईपीएल अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा जारी पञ्जाब र दिल्ली खेल बीचमै रोकिएको थियो । १०.१ ओभरको खेल जारी रहँदा पञ्जाबले १ विकेट […]

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको बिरुद्धमा रहेको बताएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा। प्राकशशरण महतले काँग्रेस आतंकवादको बिरुद्धमा रहेको बताउनुभएको हो । उहाँले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको […]

काठमाडौँ – तीनकुने घटनासँग जोडिएर पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, व्यवसायी दुर्गा प्रसाईँसहित २४ जनालाई पाँच दिनको लागि थप हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि उनीहरूको म्याद सातौं पटक थप गरिएको हो। न्यायाधीश मोना सिंहको इजलासले अनुसन्धानलाई निरन्तरता दिन हिरासत म्याद थप गर्ने आदेश दिएको हो। यसअघि […]