काठमाडौँ, बैशाख २७ – काठमाडौँको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा गएराति मोटरसाइकल र टिप्पर ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दुर्घटना राति करिब १२:४५ बजे नयाँ बसपार्कबाट नारायणगोपाल चोकतर्फ आइरहेको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।
बिज्ञापन
दुर्घटनामा बागमती प्रदेश ०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकल चलाइरहेका धादिङ गजुरीका २० वर्षीय दर्तामान तामाङ गम्भीर घाइते भएका छन्। उनी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घाइते तामाङले कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको खुलेको छ।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, टिप्पर चालक भने दुर्घटनापछि फरार छन् र हाल उनको खोजी भइरहेको छ।






