तीनकुने प्रकरण: मिश्र–प्रसाईँसहित २४ जनाको हिरासत म्याद पाँच दिन थप

काठमाडौँ – तीनकुने घटनासँग जोडिएर पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, व्यवसायी दुर्गा प्रसाईँसहित २४ जनालाई पाँच दिनको लागि थप हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

बिज्ञापन

राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि उनीहरूको म्याद सातौं पटक थप गरिएको हो। न्यायाधीश मोना सिंहको इजलासले अनुसन्धानलाई निरन्तरता दिन हिरासत म्याद थप गर्ने आदेश दिएको हो।

बिज्ञापन

यसअघि वैशाख २१ गते हिरासत अवधि सकिएपछि पुनः थप अनुसन्धान आवश्यक भएको भन्दै प्रहरीले अदालतमा म्याद थपका लागि निवेदन दिएको थियो।

उक्त मुद्दामा अनुसन्धान जारी रहँदै गर्दा राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने क्यान्सरको उपचारका लागि अस्थायी रुपमा रिहा भएका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु