समाचार
काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रश्ताव गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रश्ताव राख्नुभएको हो । पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भएरनभएकोबारे सोध्नुपर्ने उहाँको भनाइ छ […]
काठमाडौँ । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ बस्ने १८ वर्षीय रन्जित बस्नेत रहेका छन् । बस्नेतमाथि जडीबुटीस्थित सडकमा जडान गरीएको ट्राफिक बत्ति, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कार्यालय […]
काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय समितिले नववर्ष २०८२ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम बबरमहलस्थित युनियनको केन्द्रीय कार्यालयमा सम्पन्न हुँदैछ। कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री माननीय जीवन परियार प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्। शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापान कार्यक्रम आयोजना गरिएको छ। केन्द्रीय समितिले युनियनका सम्पूर्ण सदस्यहरूलाई निर्धारित मिति, […]
काठमाडौँ । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएको छ । झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइएका उनलाई त्रिभुवन विमानस्थलबाट सिथै प्रहरी परिसर लगिएको हो । पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको आरोपमा पक्राउ […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्यो । यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको […]
यज्ञ बहादुर ओली – शिक्षकहरू अहिले सडकमा छन्। उनीहरू सेवा सुरक्षा, तलब संरचना, सरुवा प्रक्रिया र शिक्षा सेवा ऐनको माग गर्दै आफ्नो आवाज बुलन्द गरिरहेका छन्। म एक निजामती कर्मचारीको हैसियतले यो आन्दोलनलाई केवल शिक्षकहरूको सीमित मुद्दाका रूपमा होइन, समग्र सरकारी सेवाको भविष्यसँग जोडिएको संघर्षका रूपमा हेर्छु। साझा पीडा, फरक स्वर: हामी शिक्षक होइनौँ, तर […]
काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी पार्क) बनाउन निजी क्षेत्रबाट झन्डै ३० अर्ब रुपैयाँ लगानी हुने भएको छ । निफ्रा होल्डिङ्सले आईटी पार्क पूर्वाधार बनाउन २९ अर्ब ८२ करोड रुपैयाँ लगानी प्रस्ताव लगानी बोर्डमा पेस गरेको छ । आईटी क्षेत्रमा आउन लागेको यो सबैभन्दा ठूलो लगानी हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्न लागेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिएको र तदनुरूप नीतिगत सुधार गर्दै […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीर्थकङर महावीरको २६२४औँ जन्मदिवसका अवसरमा शुभकामना दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नेपाल जैन परिषद्को आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहभागितामा महावीरको २६२४औँ जन्मदिवसलाई अहिंसा दिवसका रूपमा मनाउन लागिएको छ । यस अवसरमा खुसी व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु […]
काठमाडौँ । बुधबार साँझदेखि परेको वर्षा र हावाहुरीले काठमाडौँमा वायु प्रदूषणको मात्रा केही घटेको छ । केही दिनअघि विश्वकै प्रदूषित सहर बन्दै आएको काठमाडौँ यो समाचार तयार गर्दै गर्दा विश्वको प्रदूषित सहरको सूचीमा सातौँ स्थानमा पुगेको छ । हाल काठमाडौँको एक्यूआई १३३ रहेको छ । अझै पनि काठमाडौँको हावामा पीएमको मात्रा २.५ रहेको छ । […]










