काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय समितिले नववर्ष २०८२ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम बबरमहलस्थित युनियनको केन्द्रीय कार्यालयमा सम्पन्न हुँदैछ।
बिज्ञापन
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री माननीय जीवन परियार प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्। शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापान कार्यक्रम आयोजना गरिएको छ।
बिज्ञापन
केन्द्रीय समितिले युनियनका सम्पूर्ण सदस्यहरूलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रम विवरण:
मिति: २०८१ चैत ३१ गते
समय:दिउँसो ३:०० बजे
स्थान:युनियनको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं






