तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका मानिएको रुकुम र रोल्पाका वडा तहमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादी पराजित भएको छ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भए । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी बन्दा माओवादी केन्द्रका जसिराम […]

जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् । यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो । यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो । […]

दार्चुलाको दुहुँ गाउँपालिका-५ नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार कुँवर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडाध्यक्षमा निर्वाचित उम्मेदवार कुँवरले खसेको कुल मतमध्ये तीन सय ७६ मत पाएका थिए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मानसिंह बडालले तीन सय ५८ […]

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षसमेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । आयोगले तोकेको समय सीमा सकिएको […]

डा आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस मिटमा उहाँले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो “बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु सहरमा आज अपराह्न उहाँहरुबीच वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा राणा बिहीबार त्यसतर्फ जानुभएको हो । उहाँहरु […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो । मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको थियो […]

महोतरीको बर्दिबासमा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट सिन्धुलीको एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६९० नम्बरको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । वीपी राजमार्गमा बुधबार राति बर्दिबास–३ […]

स्थानीय तह उपनिर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ। मंसिर १६ […]

देशलाई ऋणको भार थपिने सम्झौता स्वीकार्न सकिँदैन, अनुदान भए आपत्ति छैन् सत्ता साझेदार दल नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नभएर अनुदानमै लिनुपर्ने सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा बसेको कांग्रेसका शीर्ष नेताहरुको छलफलपछि सो निष्कर्ष निकालेर ओलीलाई सन्देश पठाईएको प्रवक्ता […]