दार्चुलाको दुहुँ गाउँपालिका-५ नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार कुँवर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिज्ञापन
कार्यालयका अनुसार वडाध्यक्षमा निर्वाचित उम्मेदवार कुँवरले खसेको कुल मतमध्ये तीन सय ७६ मत पाएका थिए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मानसिंह बडालले तीन सय ५८ मत प्राप्त गरेका छन् ।
बिज्ञापन
त्यस्तै माओवादी केन्द्रका उम्मेदवार वीरसिंह कार्कीले ९८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।
वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा ८७७ मत खसेका थिए । खसेका मतमध्ये २० मत बदर भएका छन् । यो वडामा एक हजार दुई सय ७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
बिज्ञापन
२०७९ मा दुहु-५ माओवादीले जितेको थियो ।






