समाचार
काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन । उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय […]
बुटवल । बुटवलको सुप्रिम सहकारी ठगि प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुरा गरेर लामिछानेलाई भैरहवा कारागार पठाएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरिएको थियो । सुप्रिम ठगी मुद्दामा यसअघि […]
काठमाडौँ । हजारौं मोरक्कोलीहरू देशको राजधानीमा भेला भइ गाजामा फेरि शुरु भएको घातक इजरायली आक्रमणको विरोध गरेका छन् । प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका थिए । प्यालेस्टिनी झण्डा फहराउँदै, प्यालेस्टिनी जनतासँग ऐक्यवद्धता जनाउँदै नारा लगाउँदै, इजरायलको गाजा नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका छन् । मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज कारागार चलान हुने भएका छन् । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जेल चलान गर्ने छ । यो मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पक्राउ परेका लामिछानेलाई शनिबार […]
काठमाडौं । अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई […]
काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय रहेको बताउनुभएको छ । उज्वेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका सङ्घको १५०औँ सभालाई सम्बोधन गर्दै उहाँले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको सफल यात्रा तय गरेको उल्लेख गर्नुभयो । नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशिताको […]
काठमाडौँ। तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ । जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) अध्यक्ष रुकमणि महर्जनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आह्वान […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भेट्नुभएको छ । सभापति देउवाले आईतवार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेट्नुभएको हो । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताउनु भएको छ । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उहाँले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गर्नु भएको हो । […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्ने व्यक्तिहरू नै बिचौलियाको खेलमा संलग्न भएको आरोप लगाउनु भएको छ। आइतबार काठमाडौंमा आयोजित सुमन कर्माचार्यको पुस्तक ‘कात्रोमा खल्ती’ को लोकार्पण समारोहमा सम्बोधन गर्नुहुँदै सांसद कोइरालाले नेतृत्व तहका मानिसहरू बिचौलियासँग मिल्दा देशको विकासमा गम्भीर अवरोध आइरहेको उल्लेख गर्नुभयो। उहाँले नेपाललाई समृद्ध बनाउन सकिने पर्याप्त सम्भावना […]











