सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछाने कारागार चलान

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगि प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुरा गरेर लामिछानेलाई भैरहवा कारागार पठाएको हो ।

बिज्ञापन

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरिएको थियो ।

सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

बिज्ञापन

तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उनी फेरि पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु