काठमाडौँ । प्रहरीले सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जिबी राईको राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको हो । फरार रहेका राईको राहदानीलाई ‘कालोसूची’ मै राखिएको छ । राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी समेत भएको छ । तर, […]

दमौली । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको छैन । आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन […]

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ । मंगलवार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले फल्चा बस बिसौनीको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरु बिगार्न नहुने बताउनु भयो […]

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा परेको छ । आज उक्त मुद्दाको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । यसअघि पनि न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ मा […]

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसीले नेपालमै सबैभन्दा सस्तो र सुलभ मूल्यमा गुणस्तरीय मृर्गौला प्रत्यारोपण गर्ने प्रतिबद्धता गरेको छ । केएमसीमा प्रत्यारोपण गर्दा छ लाख ५५ हजार रुपैयाँमात्र खर्च हुने पनि अस्पतालले जनाएको छ । जसमा अस्पतालमा प्रवेश गरेदेखि लाग्ने औषधि एटीजी, शल्यक्रिया खर्च, अस्पतालमा लाग्ने खर्च र ल्याब खर्च सबै जोडिएको पनि अस्पतालका महाप्रबन्धक […]

काठमाडौँ– रामेछाप जिल्ला दोराम्बा शैलुङ्ग गाउपालिका–७ का आगलागी पिडितलाई समाजसेवी युवा व्यावसायिक नेपाल तरुण दल जिल्ला कार्यसमिति सहसचिव खड्क बहादुर लामा (रेशम) ले आर्थिक सहयोग गरेका छन् । आगलागीबाट घर पुर्ण रुपमा क्षति भएका छेवाङ नाम्गेल तामाङलाई रेशमले गाँस बासको व्यवस्थाका लागि केहि नदग आर्थिक सहयोग गरेका हुन् । सो सहयोग हस्तान्तरणमा नेपाली काग्रेसका युवा […]

काठमाडौँ । जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा जाने भएको छ । जसपाले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ । जसपा स्रोतका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादव स्वास्थ्यमन्त्री, हसिना स्वास्थ्य राज्यमन्त्री नियुक्त हुने स्रोत बताउँछ । झाको हकमा भने […]

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या […]

तनहुँ । व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् । बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियारले बताउनुभयो । मन्दिर निर्माणका लागि आफूहरुले करिब छ […]

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभाको बजेट अधिवेशनको यो बैठक आज दिउँसो १ बस्ने बस्ने गरी आह्वान गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको बैठक आह्वान गर्नुभएको थियो । आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले […]