सन्दीपको मुद्दा सुदर्शन र अञ्जुको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा परेको छ ।

आज उक्त मुद्दाको पेसी सूचीको पहिलो नम्बरमा परेको छ ।

बिज्ञापन

यसअघि पनि न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ मा राखेका थिए ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।

जिल्ला अदालतले सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ ।

बिज्ञापन

उच्च अदातल पाटनले सन्दीपको विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् । सन्दीले निर्दोष सावित भए टि–२० विश्वकप खेल्न जान पाउने छन् । अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपका लागि नेपाली टोली अमेरिका गइसकेको छ । सन्दीप नेपाली क्रिकेट टिमका पूर्वकप्तान समेत हुन् ।

तर, उच्च अदालतले काठमाडौं जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पुर्पक्षको अवधि कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु